गृहपृष्ठ नेपालमा बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, सहभागि हुन ३ सय डलर

नेपालमा बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, सहभागि हुन ३ सय डलर

नेपालमा बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, सहभागि हुन ३ सय डलर

नेपाल बीमा प्राधिकरणले आगामी जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल गर्ने भएको छ । प्राधिकरणले काठमाडौंको याक एण्ड यति होटलमा ‘एशियन इन्स्योरेन्स मीट(बिल्डिङ रिसाईलियन्स अफ इन्स्योरेन्स टुवार्डस् इमर्जिङ रिस्क) विषयमा तीन दिने सम्मेलन गर्न लागेको जनाएको छ ।

प्राधिकरणका अनुसार सार्क राष्ट्रका सहभागीहरुलाई ३ सय डलर र सार्क राष्ट्र बाहेकका राष्ट्रका सहभागीहरुलाई ५ सय डलर तोकिएको छ । त्यस्तै, स्थानीय नेपाली सहभागीहरुलाई भने १५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको प्राधिकरणले जानकारी दिएको छ ।

उक्त शुल्क स्थानीय नेपाली सहभागीहरूले नगद वा चेक मार्फत र अन्तर्राष्ट्रिय सहभागीहरूले क्रेडिट कार्ड वा अन्तर्राष्ट्रिय बैंक स्थानान्तरण मार्फत भुक्तानी गर्न सक्नेछन् ।

तीन दिनसम्म हुने सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा लगायत वित्तीय क्षेत्रका नियामक निकायका पदाधिकारीहरू, नेपालका बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरू, बीमासँग सम्बन्धित सरकारी निकायका पदाधिकारीहरू, बीमा विज्ञ तथा बीमा मध्यस्थकर्ता र अन्य बीमा सेवा प्रदायक लगायत वित्तीय क्षेत्रका सङ्घ संस्थाका पदाधिकारीहरू लगायतको सहभागिता रहनेछ ।

प्राधिकरणले आयोजना गर्ने उक्त सम्मेलनको सह(आयोजकको रुपमा इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स ९आईएआईएस०, एशियन डेभलपमेन्ट बैंक ९एडीबी० र एसेस टु इन्स्योरेन्स इनिसियटिभ ९एटुआईआई० रहेका छन् ।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु