गृहपृष्ठ भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको आजदेखि न्यायाधीशसमक्ष बयान

भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको आजदेखि न्यायाधीशसमक्ष बयान

भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको आजदेखि न्यायाधीशसमक्ष बयान

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा परेका प्रतिवादीहरुको न्यायाधीसमक्ष आजदेखि बयान हुने भएको छ । उक्त प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा १६ पक्राउ परेका छन् । १४ फरार छन् । बुधबार दर्ता भएको मुद्दमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीशको अगाडि बयान हुनेछ । बयान सकिएपछि मात्र थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिएको थियो । उक्त बयानको आधारमा सरकारी वकिलले अभियोगपत्र दायर गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा ३० प्रतिवादीविरुद्ध ठगी, किर्ते, राष्ट्रियहीतविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दायर भएको छ ।

प्रकाशित समय : ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु