गृहपृष्ठ नक्कली भुटानी शरणार्थी प्रकरणका ३० जनालाई विरुद्ध मुद्दा दर्ता
नक्कली भुटानी शरणार्थी प्रकरणका ३० जनालाई विरुद्ध मुद्दा दर्ता
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्ररकरणको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको छ ।
सरकारी वकिल कार्यालयले ३० जना अभियुक्तहरूमाथि तयार पारिएको अभियोजन दर्ता गरिएको हो । मुद्दाको दर्ता नम्बर २२७१ रहेको छ भने विगो २७ करोड ८१ लाख कायम गरिएको छ । सोमबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा उक्त प्रकरणमा आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
आठ सदस्यीय समितिले अभियोजन तयार पारेको हो । यो प्रकरण पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिब टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा र उनका सल्लाहकार ईन्द्रजित राई र उनका छोरालगात १६ जना पक्राउ परेका छन् ।
१४ जना भने फरार छन् । ३० जनाविरुद्ध पाँचवटा कसुरमा अभियोग लगाउने तयारी छ । उनीहरूमाथि संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी, सरकारी किर्ते र एकीकृत कसुरमा अभियोजन लगाइएको छ ।
प्रकाशित समय : १७:२७ बजे