global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभु लाइफ इन्स्योरेन्सद्वारा प्राण घातक रोग विरुद्धको दश लाख दाबी रकम भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा प्राण घातक रोग विरुद्धको दश लाख दाबी रकम भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सद्वारा प्राण घातक रोग विरुद्धको दश लाख दाबी रकम भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सले प्राण घातक रोग विरुद्धको १० लाख रुपैयाँ रकम बिमित रन्जु गौचनको घरमै पुगेर दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय गोंगबुबाट दुई वर्ष अगाडि ३० लाख रुपैयाँ बिमाङ्कको बिमा गरेकी बिमित गौचनलाई केही समय अगाडि क्यान्सर रोगको पहिचान भएको थियो ।

बिमा पोलिसी खरिद गर्दा निज बिमित गौचनले प्राण घातक रोगहरुविरुद्धको १० लाख रुपैयाँ रकम बराबरको औषधोपचार खर्च पाउने गरी बिमा गरेकी थिइन् । बिमितले घातक रोग विरुद्धको सुविधा पाउँ भनी सम्पूर्ण कागजात पेश गरेकी थिइन् । त्यसको दुई दिनमै उक्त दाबी रकम प्रभु लाइफले भुक्तानी गरेको हो ।

कम्पनीको शाखा कार्यालय गोंगबुले एक औपचारिक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश ए प्रमुख पदम राना, गोंगबु शाखा प्रमुख खेमराज खनाल, वरिष्ठ एजेन्सी मेनेजर नविन शेरचन, जीवन भट्टचन लागायतको उपस्थितिमा उक्त दाबी रकम बिमित गौचनको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै बिमित गौचनले प्रभु लाइफ इन्स्योरेन्सले बिमितलाई सहज र सरल तरिकाले दुई दिनमै दाबी भुक्तानी दिएकोमा खुशी व्यक्त गरिन् । उनले आफ्नो क्यान्सर रोगको उपचारको लागि १० लाख रुपैयाँले धेरै सहयोग गरेको भन्दै मध्यम वर्गीय सबै नेपालीले अनिवार्य रुपमा आर्थिक जोखिम कम गर्नको लागि बिमा गर्नुपर्ने बताइन् ।

त्यस्तै प्रभु लाइफका बागमति प्रदेश प्रमुख पदम रानाले बिमा कम्पनीको प्रमुख दायित्व भनेकै जोखिम बहन रहेको र हरेक बिमितको आर्थिक जोखिमको दाबी भुक्तानीलाई प्राथमिकतामा राखि समयमै दिनु प्रभु लाइफ इन्स्योरेन्सको उद्देश्य रहेको बताए ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु