global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आजदेखि बेलहिया सहितका नेपाल–भारत सिमा बन्द

आजदेखि बेलहिया सहितका नेपाल–भारत सिमा बन्द

आजदेखि बेलहिया सहितका नेपाल–भारत सिमा बन्द

आजदेखि बेलहिया सहित रुपन्देहीसँग जोडिएको नेपाल–भारत सिमा बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश महरागंजमा बिहीबार मे ४ मा हुन गइरहेको चुनावलाई लक्षित गरी नेपाल–भारत सीमानाका ४८ घण्टा अगाडिबाट बन्द गर्न लागिएको हो ।

१२ वैशाख बिहानदेखि हुने महराजगंज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई मध्यनजर गर्दै रुपन्देहीको बेलहियासहितको नाका आज साँझ ६ बजेबाट बन्द गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षाा निकायको समन्वय तथा सहमतिमा नाकाहरु बन्द गर्न लागिएको हो । चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्मका लागि (बिहीबार साँझ ६ बजे सम्म) सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । दुवै देशको प्रशासनका अधिकारीहरुको बैठकले १९ गते देखि २१ गते साझ ६ बजे सम्मका लागि पूर्ण रुपमा सिमानाका शिल गर्ने निर्णय भएको हो ।

सीमा बन्द भए पनि अति आावश्यक कामका लागि आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दुध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटक बाहेकअन्यको हकमा आवतजावत बन्दसमेत रहने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचनलाई नै लक्षित गरि नेपाल भारत सीमामा सुरक्षा व्यवस्था बढाइएको छ । निर्वाचनका समय अपराधिक गतिविधि गर्ने सक्रिय हुने सम्भावना हुने भएकोले सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले पनि संयुक्त गस्ती गर्ने छन् ।

प्रकाशित समय : १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु