गृहपृष्ठ कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत
कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा उनको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मत परेको छ ।
नेकपा एमालेले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट शुक्रबार विश्वासको मत लिएका हुन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि दाबी प्रस्तुत गरेका थिए ।
कर्णाली प्रदेश सभाकी सभामुख नन्दा गुरुङले मुख्यमन्त्री शर्माले प्राप्त गरेको विश्वासको मत बहुमतले पारित भएको घोषणा गरिन् । मुख्यमन्त्री शर्माले तीन महिनाको अवधिमा तेस्रो पटक विश्वासको मत लिएका हुन् । उनले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् ।
उनले पहिलो पटक ६ माघमा र दोस्रो पटक १७ चैतमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।
प्रकाशित समय : १८:१५ बजे