nmb bank

गृहपृष्ठ ‘आइएमई पे’काे नयाँ वर्ष अफर : हरेक हप्ता १० सेवाग्राहीलाई १०० प्रतिशत क्यासब्याक

‘आइएमई पे’काे नयाँ वर्ष अफर : हरेक हप्ता १० सेवाग्राहीलाई १०० प्रतिशत क्यासब्याक

‘आइएमई पे’काे नयाँ वर्ष अफर : हरेक हप्ता १० सेवाग्राहीलाई १०० प्रतिशत क्यासब्याक

आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लमिटेडको आइएमई पेले नयाँ वर्षको अवसरमा ‘आइएमई पेसँग २०८०, १०० % खुसी’ नामक अफर सार्वजनिक गरेको छ।

२०८० वैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने यो अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुविधा प्रयोग गर्ने दस सेवाग्राहीले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो अफरमा सहभागी हुन सेवाग्राहीले आइएमई पेमार्फत भिसा कार्ड, पी टु पी, क्युआर, हवाई टिकट खरिद, रेमिटेन्सलगायत सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ ।

ग्राहकलाई आइएमई पेबाट सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु