nmb bank

गृहपृष्ठ यसकारण सानै उमेरदेखि बच्चाहरुलाई राम्रो उपदेश सिकाउनुस्

यसकारण सानै उमेरदेखि बच्चाहरुलाई राम्रो उपदेश सिकाउनुस्

यसकारण सानै उमेरदेखि बच्चाहरुलाई राम्रो उपदेश सिकाउनुस्

दुई वर्षको उमेरदेखि नै बच्चाहरुले घरका मान्छेसँग धेरै कुरा सिक्ने गर्छन् । त्यसकारण आमाबाबुहरू यस उमेरमा सचेत हुनुपर्छ । आफ्नो बच्चामा राम्रो बानी बसाल्नको लागि हामीले केही उपायहरू अपनाउन सक्छौं । जस्तै आफूभन्दा ठूलालाई आदर गर्ने र सानालाई माया गर्ने कुरालाई बारम्बार सिकाउनुपर्छ । बच्चाहरूले हामीले गरेको व्यवहारबाट समेत धेरै कुरा सिक्ने भएकोले हामीले पनि उनीहरूको अघि त्यस्तै व्यवहार गर्नुपर्छ । उनीहरुलाई हामीले सिकाउने संस्कार र दिने उपदेशले उनीहरुको भविष्यमाथि नै ठूलो प्रभाव राख्दछ । केही त्यस्तै कुराहरु हामीले तल उल्लेख गरेका छौं ।

१. बच्चालाई सानै उमेरमा सही उपदेश दिन सकिएन भने, पछि बच्चाहरु अराजक वा जे पनि हुन सक्छन् । यसतर्फ ध्यान दिनुपर्दछ ।

२. जस्तैः विश्वका केही विकसित देशका १५/१६ वर्षका बच्चाहरुले पनि मास शूटिंग (सामूहिक हत्या) गरेको समाचार हप्ता हप्तामा आउने गर्छन् । यसको पछाडि बाबु आमाको कमजोरी व्यापक पैमानामा विद्यमान हुन सक्छ । यसको स्वतन्त्र अध्ययन अनुसन्धान हुनु जरुरी छ। त्यो अनुसन्धान विस्तृत रूपमा भएको छैन । जहाँ यो सामूहिक हत्या हुन्छ, त्यहाँ यो प्रकारको अनुसन्धान हतियारका माफियाहरुले हुन नदिने गरेको केही अध्ययनहरुले देखाएका छन् ।

३. बच्चाहरूलाई सानै उमेर देखि बसुधैब कुटुम्बले ओतप्रोत हुने प्रकारको अर्ती उपदेश समय समयमा दिँदै जानु पर्दछ । ती कुराहरू अहिले बच्चाले सम्झिन नसके पनि पछि ठूलो हुँदा क्रमश सम्झिदै जान्छन् र स्वतः राम्रो प्रभाव पर्दै जान्छ उसको व्यक्तित्व र समाजमा ।

४. बच्चाहरुलाई दिएको अर्ती उपदेश वा सही शिक्षा कहिल्यै पनि खेर जाँदैन । अपवाद बाहेक। अपवाद पनि पछिल्लो समयमा छोराछोरीहरुले कहाँ कस्तो प्रकारको संगत गर्ने गरेको छ, त्यो भएर मात्र हो । अन्यथा बाबुआमाको उपदेश विपरित कुनै पनि बच्चाहरुले खराब आचरण गर्दैनन् ।

५. एउटा कुरा के देखिन्छ भने, बाबु आमा वा शिक्षकले उपदेश दिन नभ्याएको कुरामा वा त्यो उपदेश समयसँगसँगै अलिक पुरानो भयो भने, बच्चाले आफ्नो स्वविवेक प्रयोग गर्छन् । त्यो स्वविवेक सायद उत्कृष्ट हुनसक्छ ।

६. आजभोलि केही ठग साधु, सन्त महात्मा, अभियन्ता, बालबालिका अधिकारकर्मी वा यस्तै यस्तै अराजक व्यक्तिहरूको गलत उपदेशबाट पनि बालबच्चाको मानसिकतामा गम्भीर असर परेको हुनसक्छ । यसतर्फ ध्यान दिनुपर्छ ।

७. खासमा उनीहरूले आफुलाई पृथक देखाउन त्यो प्रकारको ढोंगी उपदेश (प्रवचन) दिने गरेका हुन्छन् । ताकि आफ्नो ठगी खाने भाडो (पेशा) रित्तो नहोस् । उनीहरूले आफ्नो प्रवचनभित्र थोरै सत्यता तर धेरै झुटो विवरण पेश गरिरहेका हुन्छन् । त्यो चिन्न गार्हो हुनसक्छ । त्यसैले आफ्नो बच्चालाई आफै उपदेश दिनु ठीक हो र सही हो । किनभने बच्चाको पहिलो पाठशाला नै अभिभावकहरु हो ।

-डा. अंम्बरिशा, काठमाडौं ।

प्रकाशित समय : १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु