skip this prabhu bank contant

गृहपृष्ठ आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य भने ५ रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु