गृहपृष्ठ महालक्ष्मी विकास बैंकका घर कर्जा योजना
महालक्ष्मी विकास बैंकका घर कर्जा योजना
महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ वर्षको अवसर पारेर घर किन्न, बनाउन वा र उद्यम गर्न इच्छुकलाई ऋण योजना ल्याएको छ ।
बैंकले यी दुवै कर्जा १२.९९% ब्याजदरमा उपलब्ध गराउनेछ। महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५% छुट दिने जनाएको छ । घर निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष रहेको बैंकले जनाएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारा आत्मसात गर्दै २८ वर्षदेखि आर्थिक सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । घर किन्न, बनाउन र उद्यम गर्न चाहनेका लागि महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछन् ।
बैंकले देशका विभिन्न स्थानमा १०३ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहक ७ लाखभन्दा बढी रहेको जनाएको छ ।
प्रकाशित समय : १०:०२ बजे