गृहपृष्ठ प्रचण्डसँग छलफल गर्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटारमा

प्रचण्डसँग छलफल गर्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटारमा

प्रचण्डसँग छलफल गर्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटारमा

मन्त्रालय भागबन्डा पेचिलो बनिरहेका बेला नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालालाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । अहिले प्रधानमन्त्री र समाजवादीका नेताहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ । एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् ।

आजै साँझ ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठकमा कुरा मिले आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । नेकपा एकीकृत समाजवादीले केन्द्रमा तीन मन्त्री र सातै प्रदेशमा एक एकजना भएपनि मन्त्री र एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने र यो विषयमा प्याकेजमा सहमति गर्नुपर्ने बताउँदै आएको छ ।

प्रकाशित समय : १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु