गृहपृष्ठ प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज भुटानसँग खेल्दै

प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो ।

त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटानसँग २–० को हारले पनि नेपाल फाइनल पुग्नेछ ।

भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन ।

उता लाओसको नजर पनि नेपाल र भुटानबीचको खेलमा हुनेछ । नेपालले भुटानलाई पराजित गरे बराबरी खेलेमा नेपालसँगै लाओस फाइनल पुग्नेछ । फाइनल खेल आउने बिहीबार हुनेछ ।

प्रकाशित समय : ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु