गृहपृष्ठ अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ को मृत्यु, दर्जनौं घाइते

अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ को मृत्यु, दर्जनौं घाइते

अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ को मृत्यु, दर्जनौं घाइते

अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । मिसिसिपीस्थित आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार अरु दर्जनौं मानिस घाइते भएका छन् ।

साथै चार जना मानिस हराइरहेको बताइएको छ । आँधी प्रभावित मानिसको उद्धारका लागि अहिले पश्चिम मिसिसिपीमा ठूलो संख्यामा उद्धारकर्मी खटाउनुका साथै एम्बुलेन्सहरूको प्रयोग गरिएको छ । स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्नसक्ने आकलन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मिसिसिपीस्थित सिल्भर सिटी र रोलिङ फोर्कका ग्रामीण सहरहरूमा आँधी ११३ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा आएको छ । राष्ट्रिय मौसम विभागले शुक्रबार राति एक आँधीको असर अझै नसकिएको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

आँधीबाट घुम्ती घरलगायत भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको बताइएको छ । यसअघि जनवरीमा पनि अलाबामा र जर्जियामा आँधीले सात जनाको मृत्यु भएको थियो ।

प्रकाशित समय : ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु