गृहपृष्ठ मनाङले जित्यो ‘तिलोत्तमा गोल्डकप’को उपाधि

मनाङले जित्यो ‘तिलोत्तमा गोल्डकप’को उपाधि

मनाङले जित्यो ‘तिलोत्तमा गोल्डकप’को उपाधि

मनाङ मर्स्याङ्दी क्लबले तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ । शनिबार बुटवल एन्फा टेक्निकल सेन्टरमा सुदूरपश्चिम-११ लाई सडन डेथमा हराउँदै मनाङले तिलोत्तमा गोल्डकपको २२औं संस्करणमा च्याम्पियन बनेकाे हाे ।

उपाधिसँगै मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम ११ ले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । याे मनाङका लागि  सिजनको दोस्रो उपाधि हो । मनाङले यसअघि मकवानपुर गोल्डकपको उपाधि जितेको थियो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो  खेलको ५९औं मिनेटमा कोफी टिमोटेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । सुदूरपश्चिम ११ का फागुराम थारुले ७१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

सडन डेथमा सुदूरपश्चिमका दिपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङले उपाधि चुमेको हो ।

प्रकाशित समय : २०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु