nmb bank

गृहपृष्ठ नेपाल बैंक लिमिटेडको २२८औं शाखा हाकिमचोकमा

नेपाल बैंक लिमिटेडको २२८औं शाखा हाकिमचोकमा

नेपाल बैंक लिमिटेडको २२८औं शाखा हाकिमचोकमा

नेपाल बैंक लिमिटेडले आफ्नो २२८औं शाखा चितवनको भरतपुर महानगरपालिका-१०, हाकिमचोकमा स्थापना गरेको छ ।

गत शुक्रबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादु्र अधिकारीले संयुक्त रुपमा शाखा उद्घाटन गरे । उक्त समारोहमा नेपाल बैंक लिमिटेड हाकिमचोक शाखाका शाखा प्रवन्धक नीना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो अवसरमा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बागमती प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, वीरेन्द्र क्याम्पसका प्रमुख दयाराम पौडेल, सप्तगण्डकी क्याम्पसका प्रमुख मणिराज महतोलगायत स्थानीयवासीहरु उपस्थित थिए ।

कार्यक्रमका प्रमुख अतिथी प्रजिअ पौडेलले चितवन जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने गरी नेपाल बैंक लिमिटेड आएकाले यसले चितवनवासीलाई आर्थिक रुपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राखे । नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष ज्ञवालीले विगतमा चितवनमा खोलिएको नेपाल बैंक लिमिटेडलाई चितवनवासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको हाकिमचोक शाखाबाट दिगो बैंकिङको अपेक्षा रहेको धारणा राखे ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले वक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका आर्थिक प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरी बैंकसँग साझेदारी गर्न ग्राहकहरुमा अनुरोध गरे ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु