गृहपृष्ठ ‘दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’

‘दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’

‘दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेबी गरेका छन् ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच छलफल भइरहेको समय माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् । शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाए ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीसँग निरन्तर संवादमा रहिरहने बताए । ‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन । तर, हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । सरकारको तर्फबाट मैले तपाईंहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ,’ उनले भने ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु