गृहपृष्ठ ‘कोशी घटना’ : छानविन समिति बनाउने गर्न सरकारकाे निर्णय
‘कोशी घटना’ : छानविन समिति बनाउने गर्न सरकारकाे निर्णय
सम्बद्ध पक्षलाई संवादका लागि पनि आव्हान
कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो । कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बद्ध पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ । चैत ५ मा कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइत ४२ वर्षीय पदमबहादुर लिम्बूको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रकाशित समय : ११:५४ बजे