गृहपृष्ठ ८ महिनामा थपियो १८७१.१६ किमि प्रसारण लाइन
८ महिनामा थपियो १८७१.१६ किमि प्रसारण लाइन

बिजुली प्रसारण गर्न चाहिने संरचना प्रसारण लाइनमा चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा १८७१.१६ किमि बढोत्तरी भएको छ । गत असार अन्त्यसम्म २७०५.४४ किमि रहेको प्रसारण लाइन गत फागुनसम्म ४५७६.६ किमि पुगेको छ । यो चार्ज भई सञ्चालनमा रहेको प्रसारण लाइन हो ।
केही महिनामा थप ६७५ किमि चार्ज भई सञ्चालन हुने अन्तिम तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
हालसम्म १३२ केभीको ३४५९.५४ किमि, २२० केभीको ६०२.६० र ६६ केभीको ५१४.४६ गरी कुल ४५७६.६ किमि प्रसारण लाइन चार्जपछि सञ्चालनमा रहेको प्रसारण लाइन आयोजनाले जनाएको छ ।
यही आर्थिक वर्षमा ६७५ किमि प्रसारण लाइन निर्माण गर्ने आयोजना भनाइ छ ।
प्रकाशित समय : ११:१५ बजे