nmb bank

गृहपृष्ठ भायानेटद्वारा नेपालकै पहिलो २ जीबीपीएस इन्टरनेट सार्वजनिक

भायानेटद्वारा नेपालकै पहिलो २ जीबीपीएस इन्टरनेट सार्वजनिक

भायानेटद्वारा नेपालकै पहिलो २ जीबीपीएस इन्टरनेट सार्वजनिक

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले नेपालकै पहिलो मल्टी-गिग इन्टरनेट सार्वजनिक गरेको छ । एक्सजीएस फाइबर प्रविधिमा आधारित २ जीबीपीएस एक्सजीएस-एक्सट्रिम प्याकेजमार्फत साे इन्टरनेट सुरू गरेकाे कम्पनीले जनाएकाे छ ।

यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ । एक्सजीएस-पीओएन अर्थात् १०-गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर-अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो जसले १० जीबीपीएसको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ ।

हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य प्रविधि गिगाबिट प्यासिभ नेटवर्क जीपीओएनमा आधरित छ । हाल, जीपीओएन प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति २.४ जीबीपीएस र १.२ जीबीपीएसको अपलोड गति छ ।

अब एक्सजीएस-पीओएनको लन्चसँगै ग्राहकहरूले १० जीबीपीएससम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन् । भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो ।

अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन् । एक्सजिएस-पीओएनमार्फत नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने कम्पनीले विश्वास लिएको छ ।

यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि-डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ-नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्नेछ । हालका लागि नयाँ एक्सजिएस फाइबर प्रविधिमा आधारित उत्पादनहरूको एक्सजीएस-एक्सट्रिम लाइन हाल काठमाडौं उपत्यकाका केही क्षेत्रहरूमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएकाे छ ।

भायानेटले छिट्टै आफ्ना एक्सजिएस उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको बताइएको छ ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु