nmb bank

गृहपृष्ठ राहुल गान्धीलाई तोकियो दुई वर्षको जेल सजाय

राहुल गान्धीलाई तोकियो दुई वर्षको जेल सजाय

राहुल गान्धीलाई तोकियो दुई वर्षको जेल सजाय

भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको छ । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले दुई वर्षको जेल सजाय हुने फैसला सुनाएकाे हाे ।

उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।

भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै उजुरी गरेका थिए ।

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु