global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एकदिवसीय वरीयतामा नेपाल एक स्थानमाथि उक्लियो

एकदिवसीय वरीयतामा नेपाल एक स्थानमाथि उक्लियो

एकदिवसीय वरीयतामा नेपाल एक स्थानमाथि उक्लियो

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीको एकदिवसीय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिम एक स्थान माथि उक्लिएको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १५औं स्थानमा छ ।

गएको हप्ता नेपाल यो वरीयताको १६औं स्थानमा थियो । आइसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम तीन एकदिवसीय श्रृंखलामा गरेको प्रदर्शनका आधारमा नेपालको वरीयतामा सुधार भएको हो ।

वरीयतामा एसोसिएट राष्ट्रमध्ये स्कटल्यान्ड र नेदल्यान्ड्स मात्र नेपालभन्दा माथि छन् । नेपालभन्दा माथि स्कटल्यान्ड १२औं र नेदरल्यान्ड्स १४औं स्थानमा छन् ।

एकदिवसीय वरीयताको शीर्ष स्थानमा भारत छ । दोस्रो स्थानमा अस्ट्रेलिया, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा इंग्ल्यान्ड र पाँचौं स्थानमा पाकिस्तान छ ।

प्रकाशित समय : १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु