गृहपृष्ठ दराजले आयोजना गर्यो वार्षिक ‘दराज सेलर समिट’
दराजले आयोजना गर्यो वार्षिक ‘दराज सेलर समिट’
नेपालको अनलाइन ई-कमर्स प्लेटफर्म दराज नेपालले यस वर्षको ‘दराज सेलर समपट’ आइतबार आयोजना गरेको छ ।
कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै विक्रेताहरूलाई उनीहरुको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो । त्यसैगरी, यस इभेन्ट दराजको एक अवार्ड तथा बिक्रेताहरूसँग अभिवादन प्रकट गर्ने समारोह पनि थियो ।
कार्यक्रममा आ-आफ्नो क्षेत्रका विज्ञहरुले विभिन्न मन्तव्यहरू समावेश गरेका थिए । मधुकुमार मरासिनी (सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय), दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, शेखर गोल्छा (एफएनसीसीआइका अध्यक्ष) र दीपकराज जोशी, रामचन्द्र तिवारी, प्रवीण रुक्षन, होमनाथ भट्टराई, भेषबहादुर कुँवर, लक्ष्मण हुमागाई, शंकरसिंह धामी, सुदेश उपाध्याय, गोविन्द घिमिरे र सुनिता कायस्थ विशेष अतिथिका रुपमा साे इभेन्टमा उपस्थित भएका थिए ।
समारोहमा सचिव मरासिनीले नेपालको ई-कमर्स उद्योग र यसको आगामी सम्भावनाहरुका विषयमा धारणा राखे । त्यसैगरी दराज नेपालकी प्रबन्ध निर्देशक कुँवरले उपस्थित व्यक्तित्वहरुलाई सम्बोधन गर्दै कम्पनीले गत वर्षमा गरेका उपलब्धि, भावी वर्षका लागि दृष्टिकोण र वाणिज्य शक्तिको माध्यमबाट समुदायको उत्थान गर्न कम्पनीको प्रयासलाई हाइलाइट गरेकी थिइन् ।
कार्यक्रममा एफएनसीसीआइका अध्यक्ष गोल्छाले नेपालको इकमर्स र डिजिटल अर्थतन्त्र, यसका फाइदा र बेफाइदाका साथै नेपालको ई-कमर्स उद्योगको लागि आगामी दशक कस्तो रहनेछ भन्ने बारेमा आफ्ना विचार र दृष्टिकोणहरु प्रस्तुत गरेका थिए ।
त्यस्तै दराजका प्रमुख कार्यकारी अधिकृत बिमल अर्यालले विगत केही वर्षमा दराजले सञ्चालनको दृष्टिकोणबाट गरेका सुधारहरुका विषयमा धारणा राखे । यसका साथै युनिसेफ आपतकालीन विशेषज्ञ सुनिता कायस्थले पनि केही शब्दहरु प्रस्तुत गरिन् भने एनएमबी बैंकका डीसीइओ गोविन्द घिमिरेले दराज बिक्रेताहरुले अब बैंकबाट कोल्याट्रल फ्री लोनहरू प्राप्त गर्न सक्ने जानकारी दिए ।
कार्यक्रमको समापनमा एक अवार्ड समारोह राखिएको थियो । जहाँ गत वर्षका उत्कृष्ट बिक्रेताहरुलाई विशेष ट्रफी तथा १० हजार रूपैयाँ बराबरको दराज भाउचर प्रदान गरिएको थियो ।
प्रकाशित समय : १२:१३ बजे