गृहपृष्ठ बागमतीका मुख्यमन्त्री जम्मकट्टेल विश्वासको मत लिने तयारीमा
बागमतीका मुख्यमन्त्री जम्मकट्टेल विश्वासको मत लिने तयारीमा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल (शरद)ले आज मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेको जानकारी दिए ।
प्रदेश सचिव कृष्णहरि खड्काले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने बाहेक अन्य कार्यसूची नभएको बताए ।
नेकपा माओवादी केन्द्रका नेता जम्कट्टेल गत पुस २५ गते कांग्रेस, एमाले, राप्रपासहित ६ दलका १०५ सांसदको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका थिए । उनले माघ ३ गते विश्वासको मतसमेत लिएका थिए । त्यतिबेला दिएको समर्थन राप्रपाले फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।
प्रकाशित समय : १०:१० बजे