nmb bank

गृहपृष्ठ वर्ल्डलिंकमा थपियो २ अर्ब लगानी

वर्ल्डलिंकमा थपियो २ अर्ब लगानी

वर्ल्डलिंकमा थपियो २ अर्ब लगानी

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले एक अर्ब ९८ कराेड रुपैयाँ लगानी प्राप्त गरेकाे छ । याे लगानी इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो भएकाे सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत कम्पनीले जनाएकाे छ ।

कम्पनीले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई)बाट उक्त लगानी प्राप्त गरेकाे हाे । वर्ल्डलिंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात ९० करोड रूपैयाँ बराबरको लगानी प्राप्त गरेको हो ।

सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाइसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ ।

वर्ल्डलिंकमा ५ हजार ५०० कर्मचारीले रोजगारी पाएका छन् । ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्ने कम्पनीले जानकारी दिएकाे छ ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरनेट विस्तारको गतिविधिहरुलाई गति दिने कम्पनीकाे अपेक्षा छ ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु