गृहपृष्ठ आइएमई जनरल र प्रुडेन्सियलबीच मर्जरको अन्तिम सम्झौता
आइएमई जनरल र प्रुडेन्सियलबीच मर्जरको अन्तिम सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको छ । यी दुई कम्पनी बराबरी हैसियतमा मर्जरमा जान लागेका हुन् ।
साेसम्बन्धी सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार दुवै कम्पनी एक आपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।
मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिने र दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डीडीए प्रतिवेदनको आधारमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात स्वाप रेसियो १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।
प्रकाशित समय : ०८:५५ बजे