global ime bank Long Banner Ad

गृहपृष्ठ यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना

हाल देशभर आंशिकदेखि सामान्य बदली छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ  । देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराईका भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ ।

‘बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ ।

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु