गृहपृष्ठ आइएमई पेको नयाँ अफर : ‘५ को ५’बाट अब इयरबड्स जित्ने मौका
आइएमई पेको नयाँ अफर : ‘५ को ५’बाट अब इयरबड्स जित्ने मौका

आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
चैत्र १ देखि १५ गतेसम्म चल्ने यस अफरमा ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिन्क गरेको बैंकको खाताबाट, एम-बैंकिङ वा इ-बैंकिङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् ।
यसका साथै, हरेक दिन कम्तीमा १ पटक सोही माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले रु. १००० जित्ने मौका पनि पाउनेछन्। सो रकम विजेताको वालेटमा लोड हुनेछ ।
यो अफर ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १८:११ बजे