गृहपृष्ठ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रिसोर्ट र औषधि पसलमा विशेष छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रिसोर्ट र औषधि पसलमा विशेष छुट

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको छ । बैंकले वाइट अर्किड रिर्सोट र सुर्यविनायक मेडिकल स्टोरसँग ग्राहकहरुले विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सुर्यविनायकको वाइट अर्किड रिर्सोटमा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट र सुर्यविनायक मेडिकल स्टोरमा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित समय : १७:५१ बजे