गृहपृष्ठ विराटनगरमा निषेधित क्षेत्र उल्लंघन, अश्रुग्यास प्रहार, केही प्रदर्शनकारी पक्राउ

विराटनगरमा निषेधित क्षेत्र उल्लंघन, अश्रुग्यास प्रहार, केही प्रदर्शनकारी पक्राउ

विराटनगरमा निषेधित क्षेत्र उल्लंघन, अश्रुग्यास प्रहार, केही प्रदर्शनकारी पक्राउ

कोसी प्रदेश नाम खारेज गर्नुपर्ने मागसहित आज गरिएको प्रदर्शनका कारण विराटनगर तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शन गरेका छन् । आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयअगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला दहन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले हवाइ फायर र केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

पुनः नामांकन संयुक्त संघर्ष समितिको आयोजनामा महेन्द्रचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयछेउ रोडशेषमा प्रदर्शनकारी पुगेपछि प्रहरीले बल प्रयोग गरेको थियो । केही प्रदर्शनकारी पक्राउसमेत परेकाे किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्वापाेले जानकारी दिइन् । ‘पक्राउ परेकाहरूकाे नाम खुलिसकेकाे छैन । धेरै नै पक्राउ पर्नु भएकाे छ,’ उनले न्युज काराेबारलाई  जानकारी दिइन् ।

अहिले काेणसभा सुरू भएकाे छ । सभामा माओवादी नेता गोपाल किराती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ थाम्सुहाङ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् । आन्दोलन घोषणा भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित समय : १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु