गृहपृष्ठ प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेकाे हाे ।
बैठकले संसदमा सत्तापक्षको बेन्चमा बस्ने निर्णयसमेत गरेको हो । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आजको बैठकले नेता घनश्याम भुसाललाई पार्टीको महासचिवमा मनोनीत गरी महासचिव वेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
प्रकाशित समय : १५:३२ बजे