गृहपृष्ठ ६ अंकले घट्यो नेप्से, कारोबार एक अर्बमा सीमित
६ अंकले घट्यो नेप्से, कारोबार एक अर्बमा सीमित

साताको पहिलो दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर खरिदबिक्री हुँदा आज १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लाे काराेबार दिन गत बिहीबार नेप्से ५.३२ अंकले घटेकाे थियाे भने एक अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको थियाे ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, हाइड्रोपावर लगानी, निर्जीवन बिमा र व्यापार उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन उपसूचक ०.८७ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड उपसूचक १.१७ प्रतिशतले घटेको छ ।
आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मानुसी लघुवित्त, शुभम पावर र युनिक नेपाल लघुवित्तको सेयरमा सर्किट लागेको हाे । त्यस्तै, ग्रिन भेन्चर, एनआइबीएल लगायतका अन्य कम्पनीको सेयरमा सुधार आएको छ ।
त्यस्तै, आज सानिमा ग्रोथ फण्डको सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, सिर्जनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्त, मिथिला लघुवित्तलगायत अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।
काराेबारकाे हिसाबले हिमालयन डिष्टिलरी अगाडि रह्याे । यस कम्पनीकाे ६ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ५ लाख, एनआइसी एशिया बैंकको ४ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख र नबिल बैंकको ३ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित समय : १५:३७ बजे