गृहपृष्ठ रास्वपाकाे निर्णय- सरकारलाई विश्वासको मत दिने, सत्तापक्षकै बेञ्चमा बस्ने
रास्वपाकाे निर्णय- सरकारलाई विश्वासको मत दिने, सत्तापक्षकै बेञ्चमा बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
आइतबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार रास्वपा संसद बैठकमा सत्तापक्षको बेञ्चमा बस्ने छ ।
यसअघि पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको थियो । नागरिकता विवाद मुद्दामा रास्वाका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि भने सरकारबाट बाहिरिएको थियो ।
सरकारबाट बाहिरिएपछि पनि समर्थन भने रास्वपाले कायमै राखेको थियो ।
प्रकाशित समय : १४:४१ बजे