गृहपृष्ठ बागमती प्रदेशमा दोस्रोपटक विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशमा दोस्रोपटक विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशमा दोस्रोपटक विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिने तयारी गरेका छन् । पुस १० को समीकरणसँगै सरकारमा गएको एमाले बाहिरिने तयारी गरेपछि माओवादीबाट मुख्यमन्त्री बनेका जम्कट्टेललाई विश्वासको मत लिन परेको हो ।

पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन फेरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश सरकारबाट बाहिरियो ।

गत फागुन १३ मा राप्रपाका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले राजीनामा पदएका थिए । राप्रपाले सोही दिन माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकार बनाउँदा समर्थन जनाएको राप्रपा बाहिरिएपछि बागमती प्रदेशका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनु पर्ने बाध्यता सिर्जना भएको छ ।

मुख्यमन्त्री नियुक्त भएको ७ दिन (माघ ३ गते)मा नै प्रदेशसभाबाट विश्वामसको मत लिएका मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका १०५ जना सांसदले विश्वसको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदहरुको समर्थनमा मुख्यमन्त्ती नियुक्त भएका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएन । कुल ११० सांसद मध्ये कांग्रेस ३६, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १२, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले विश्वासको मत दिएका थिए ।

प्रदेशसभाका दु्ई तिहाईभन्दा बढी सांसदको विश्वासको मत पाएका उनले जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा नै दोस्रो पटक विश्वासको मत दिँदैछन् । चैत ८ गते विश्वासको मत लिने मुख्यमन्त्री जम्कट्टेको तयारी छ । नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका उनले यसअघि माघ ३ गते विश्वासको मत लिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले आगामी बुधबार विश्वासको मत लिनका लागि तयार गरिदिन प्रदेशसभा सचिवालयलाई पत्र समेत पठाइसकेका छन् । उनले नेपालको संविद्यानको धारा १८८ को २ बमोजिम संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु