गृहपृष्ठ बालुवाटारपछि बालकोटमा रवि

बालुवाटारपछि बालकोटमा रवि

बालुवाटारपछि बालकोटमा रवि

दुई दिनको समय कट्दा पनि गृह मन्त्रालय नपाएपछि सरकारमा बस्ने या बाहिरिनेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक कुनै निष्कर्षमा पुगेन ।

आइतबार बिहानैबाट भेटवार्ता सुरु गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पार्टीको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार र एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

बिहान साढे ११ बजे पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ । लामिछाने सुरुमा ओलीलाई भेटेर त्यसपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे थिए । ‘आज बिहान प्रधानमन्त्रीज्यू र रविजीबीच भेटघाट भयो । उहाँहरुबीच के के कुरा भयो थाहा भएन,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने ।

प्रचण्डलाई भेट्न जानुअघि उनले एमालेका अध्यक्ष ओलीलाई भेटेको रास्वपाका एक नेताले बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेपछि निर्णायक छलफल हुने ती नेताले बताए ।

सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् ,’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।’

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु