गृहपृष्ठ रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।

पार्टीको बैठक आज दिउँसो साढे ११ बजे बोलाइएको छ ।

चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुनः नागरिकता लिएपछि उनले गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका छन् ।

लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक भएका छैनन् । गृहमन्त्री नपाउँदाको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी रास्वपाले दिएको छ । सोही विषयको टुंगो आजको बैठकले लगाउनेछ ।

तर, बैठकको निर्णयबाहेक सभापति लामिछानेले त्यसलगत्तै छुट्टै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

मैले सिधा कुरा नगरेको धेरै भएछ भन्दै उनले फेसबुकमा लेखेका छन् ,’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्।’

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु