गृहपृष्ठ भिभोका चारवटा स्मार्टफोनको मूल्य घट्यो, कुनको कति ?

भिभोका चारवटा स्मार्टफोनको मूल्य घट्यो, कुनको कति ?

भिभोका चारवटा स्मार्टफोनको मूल्य घट्यो, कुनको कति ?

भिभोका चारवटा स्मार्टफोनको मूल्य घटेको छ । भिभोका चारवटा स्मार्टफोन भी२३ई, वाई५३एस, वाई२०एस र वाई१५सी को मूल्य घटेको हो ।

कम्पनीको अनुसार यो नयाँ मूल्य फेब्रुअरी १ तारिखदेखि देशभरका सबै रिटेल स्टोर र इ-कमर्स वेबसाइटहरूमा लागू हुनेछन् । यी स्मार्टफोनको नयाँ मूल्य सूची यस प्रकार छन् :

‘भिभोमा, हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरूमा उनीहरूको पहुँच बढाउन निरन्तर लागि परेका छौं । हामी भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा  उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुबै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो,’ भिभो नेपालका सीईओ माइकलले भने ।

भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी-स्टाइल पोट्र्रेटजस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । यसमा ८जीबी र्‍याम छ र रोममा दुई विकल्पहरू १२८जीबी र २५६जीबी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस१२ छ ।

वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टीबीसम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीबी र्‍याम र एक्सटेन्डेवल र्‍याम छ ।

निर्बाध मनोरञ्जन अनुभव सुनिश्चित गर्दै, वाई१५सी मा ६.५१ इन्चको हलो फूलभ्यू डिस्प्ले छ र यसमा आई प्रोटेक्शन, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरालगायत उल्लेखनीय विशेषताहरु समावेश छन् ।

वाई२० एस मा ४जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ जुन वाई२० को प्रतिकृति हो । यसमा ८एमपी फ्रन्ट-फेसिङ क्यामेरा र १३एमपी ब्याक क्यामेरा रहेको छ र पर्फमेन्शका लागि स्न्यापड्रेगन ४६० प्रोसेसर र एड्रिनो ६१० जीपीयू मा आधारित छ । यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिङ रहेको छ ।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु