nmb bank

गृहपृष्ठ पूर्वाञ्चल ल्युब आयल लिमिटेडले आइपीओ जारी गर्ने

पूर्वाञ्चल ल्युब आयल लिमिटेडले आइपीओ जारी गर्ने

पूर्वाञ्चल ल्युब आयल लिमिटेडले आइपीओ जारी गर्ने

पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पीएलओ)ले आइपीओ जारी गर्ने भएको छ । मोरङको सुन्दरहरैंचामा रहेको पीएलओले आगामी आर्थिक वर्षमा आइपीओ जारी गर्ने गरी पीएलओले सम्झौता गरेको छ ।

सेयर निस्कासनका लागि भएको सम्झौता पत्रमा पीएलओका प्रबन्ध निर्देशक भोलेश्वर दुलाल र क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले बुधबार हस्ताक्षर गरेका छन् । पीएलओको ४ लाख कित्ता सेयर अल्फा प्लस भेन्चर्स लिमिटेडले खरीद गरेको छ ।

बुधबार नै अल्फा प्लस भेन्चर्सका प्रबन्ध निर्देशक अंगीश घिमिरे र पीएलओका प्रबन्ध निर्देशक दुलालबीच सेयर खरीदबिक्री सम्झौतामा समेत गरेका छन् । प्रालिका रुपमा रहेको पीएलओ पब्लिक कम्पनीमा गइसकेकाले सर्वसाधारणमा सेयर जारी गर्न लागिएको प्रबन्ध निर्देशक दुलालले बताए ।

आगामी आर्थिक वर्षमा कम्पनीले ५ लाख कित्ता सेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्ने जनाइएको छ । सेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर स्थानीयवासीलाई र ५० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु