nmb bank

गृहपृष्ठ आर्यन कलेजका विद्यार्थी नेपाल इको प्यानलमा

आर्यन कलेजका विद्यार्थी नेपाल इको प्यानलमा

आर्यन कलेजका विद्यार्थी नेपाल इको प्यानलमा

आर्यन स्कुल अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा अध्यनरत सिभिल इन्जिनियरिङका विद्यार्थीले नेपाल इको प्यानलको अवलोकन भ्रमण गरेका छन् । विद्यार्थीले भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलमा रहेको इको प्यानल उत्पादन कारखानाको अवलोकन गरेको हुन्।

विद्यार्थीले इको प्यानल उत्पादनको क्रममा हुने वातावरणमैत्री, उर्जा किफायतीलगायतका विषयमा अभिरुचिपूर्वक अवलोकन गरेका थिए । साथै इको प्यानलमा आगो लाग्दा पनि नलागेको विषयमा अझ वढी अभिरुचि देखाएका थिए । कारखाना भ्रमणको क्रममा विद्यार्थीलाई इको प्यानलको विशेषता अग्नी प्रतिरोधीकोबारेमा बुझाउन इको प्यानलमा आगो लगाउँंदा पनि नलागेको देखाइएको थियो । यसको लागि इको प्यानलमा पेट्रोल छर्केर आगो लगाउँंदा पेट्रोल भएसम्म मात्रै बल्ने तर केही असर नगर्ने भनेर आगो लगाएर देखाइएको थियो ।

विद्यार्थीलाई कारखानामा फ्याक्ट्री म्यानेजर सुजन सुजखू र प्रोजेक्ट म्यानेजर सजिन ज्याख्वले इको प्यानलको उत्पादन प्रक्रियाका विविध पक्षबारे जानकारी गराएका थिए । विद्यार्थीहरुलाई कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा फिल्ड भिजिटको क्रममा नेपाल इको प्यानल भित्रै सिकाउन पाएकोमा इको प्यानल नेपालका जनरल म्यानेजर विक्रम गोसाईले खुशी ब्यक्त गरे । उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीहरु नियमित रुपमा नेपाल इको प्यानलको कारखानामा फिल्ड भिजिटमा आइरहेका छन् ।

सामाजिक उतरदायित्व अन्तर्गत आफूहरुले त्यस्ता कलेज तथा विद्यार्थीलाई सहयोग गरी सहजीकरण गर्दै आएको उनले जानकारी गराए । नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । तीव्र पुननिर्माण सम्भबलगायतका कारण पछिल्ला वर्षहरुमा यसको माग देशैभरिबाट उच्च छ ।

प्रकाशित समय : ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु