nmb bank

गृहपृष्ठ एक दिवसीय श्रृंखलाका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

एक दिवसीय श्रृंखलाका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

एक दिवसीय श्रृंखलाका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ ।

क्यानले शुक्रबार अर्को महिना घरेलु मैदानमा हुने त्रिदेशीय एक दिवसीय श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । बलात्कारको आरोप लागेका पूर्व कप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा परेका छैनन् ।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको एक दिवसीय श्रृंखलाका लागि क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने श्रृंखलामा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

सार्वजनिक तालिकाअनुसार नेपालले फेब्रुअरी १४ र १८ मा नामिबिया तथा फेब्रुअरी १७ र २१ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फेब्रुअरी १५ र २० मा प्रतिस्पर्धा गर्नेछन् । लिगमा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा एक खेल बराबरी र एक खेल बिना नतिजा टुङ्गिएको छ । नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ । यसैगरी ओमानले (४४),अमेरीका (३५),युएई (२७) र पपुवा न्युगिनी (पाँच) अंकका साथ दोस्रो, चौथो, पाँचौ र अन्तिम स्थानमा छन् ।

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु