nmb bank

गृहपृष्ठ गृहमन्त्री लामिछानेविरूद्ध नागरिकताकाे बहस सकियाे

गृहमन्त्री लामिछानेविरूद्ध नागरिकताकाे बहस सकियाे

गृहमन्त्री लामिछानेविरूद्ध नागरिकताकाे बहस सकियाे

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध नागरिकता विवादबारे सर्वोच्च अदालतमा बहस सकिएको छ। आज गृहमन्त्री लामिछाने पक्ष र विपक्षीका केही कानुनव्यवसायीहरुले बहस गरेका थिए।

लामिछानेका तर्फबाट ४ जना कानुनव्यवसायीले बहस गरेका थिए। कानुन व्यवसायी नरेन्द्र केसी,आशिष अधिकारी सुदिप पन्थ र यज्ञमणि न्यापानेले लामिछाने पक्षमा बहस गरेका  थिए। यस्तै रिट निवेदकका तर्फबाट कानुनव्यवसायी सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, कीर्तिनाथ शर्मा पौडेललगायतले बहस गरेका थिए।

मुद्दाको फैसला आजै आउन सक्ने  रविको विपक्षले जनाएकाे छ ।’ सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारबाट लामिछानेविरुद्धको मुद्दामा बहस सुरु भएको थियो। बुधबार मुद्दामाथिको बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ।

इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा रहेका छन् ।

यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नतोक्नेगरी मुद्दाका रूपमा राख्न लगाएको थियो। अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ ।

अधिवक्ता रविराज बसौला,युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।

प्रकाशित समय : १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु