गृहपृष्ठ कोका-कोलाको ‘सक्षम कार्यक्रम’ : १ हजार महिला व्यवसायीलाई उद्यमशीलता प्रशिक्षण

कोका-कोलाको ‘सक्षम कार्यक्रम’ : १ हजार महिला व्यवसायीलाई उद्यमशीलता प्रशिक्षण

कोका-कोलाको ‘सक्षम कार्यक्रम’ : १ हजार महिला व्यवसायीलाई उद्यमशीलता प्रशिक्षण

कोका-कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा १००० भन्दा बढी जना महिलालाई तालिम प्रदान गर्न सफल भएको हाे ।

गत ८ मार्च २०२२ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोका-कोलाले आफ्नो बोट्लिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो । खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोगसम्बन्धी तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक-एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा सौरहाकी गीता श्रेष्ठले भनिन्, ‘महिला युवा व्यवसायीहरुको लागि सक्षम तालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको थियो । मैले आज भन्दा ४४ वर्ष अगाडि जम्मा १६० रुपैँयामा आफ्नो व्यापार शुरु गरेको थिँए । मेरो कडा परिश्रमले मैले आफ्नो सपना पूरा गर्न सक्षम भएको छु । अहिले मेरो २ वटा घर र एउटा पसल छ र एकल महिलाको रुपमा आफ्नो परिवारलाई सहयोग गर्न सकेको छु ।’

कोका-कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने ‘कोका-कोला बेटर शेयर्ड फुचरमा विश्वास गर्छ र महिला सशक्तीकरण जहिले पनि हाम्रो मूल मान्यताको रुपमा रहेको छ । हामीले एक हजार महिला व्यवसायीहरुलाई तालिम दिने लक्ष्य लिएका थियौँ र सो लक्ष्य पुरा पनि भएको छ । हामी धेरै खुशी छौँ र भविष्यमा पनि अझै धेरै महिलालाई सशक्तीकरण गर्दै जानेछौँ ।’

त्यस्तै बोट्लर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले भनिन्, ‘नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको छ । काठमाडौं उपत्यका बाहिर विशेष गरी धेरै खुद्रा पसलहरु र रेस्टुरेन्टहरु छन जुन महिलाले चलाउँछन् । त्यस्ता महिलाहरुलाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्धेश्यले कोका-कोलाले सक्षम जस्ता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ जसले महिलाहरुलाई आफ्नो व्यापार अगाडि बढाउन हौसला दिन्छ ।’

कोका-कोलाले विविधता, समानता र समावेशितालाई आफ्नो मुल मान्यतामा राखेको छ र यिनीहरुले कम्पनीको वृद्धि र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन । यी कुराहरु कम्पनीले बेला-बेलामा सञ्चालन गर्ने महिला सशक्तीकरणसम्बन्धी तालिमहरुमा पनि प्रतिविम्बित हुन्छन् । सन् २०१० मा कोका-कोलाले विश्वव्यापी रुपमा फाइभ बाइ ट्वेन्टी (५ बाई २० ) सञ्चालन गरेको थियो जसअन्तर्गत कम्पनीले सन् २०२० सम्म ५ मिलियन (पचास लाख ) महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य लिएको थियो । त्यस्तै नेपालमा पनि गत ६ वर्षदेखि स्टार(शप किपर ट्रेनिङ रिसोर्सेस) सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत ५ हजार ८०० जना खुद्रा व्यवसाय सञ्चालन गर्ने महिलालाई तालिम दिइसकेको छ ।

नेपाल सरकारको पन्ध्रौं राष्ट्रिय योजनाअनुरुप महिलाहरुको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानता हासिल गर्ने उद्देश्यलाई पनि यो पहलले सघाउ पुर्‍याउने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु