गृहपृष्ठ टेलिकमको सेवा अवरुद्ध

टेलिकमको सेवा अवरुद्ध

टेलिकमको सेवा अवरुद्ध

नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ ।

कम्पनीको ल्यान्डलाइन, प्रि-पेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ । टेलिकमको बेवसाइट पनि खुल्न सकेको छैन । देशभरका उपभोक्ताले टेलिकममा के भएको हो ? भनेर जिज्ञासा राखिरहेको भए पनि टेलिकमले हालसम्म कुनै जानकारी दिएको छैन ।

आज दिउँसो १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताहरुले सामाजिक सञ्जालमा गरिरहेका छन् । तर यस विषयमा नेपाल टेलिकमले भने कुनै आधिकारिक जानकारी दिएको छैन ।

प्रकाशित समय : १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु