गृहपृष्ठ नवनियुक्त मन्त्रीहरूले लिए सपथ

नवनियुक्त मन्त्रीहरूले लिए सपथ

नवनियुक्त मन्त्रीहरूले लिए सपथ

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन लगायतलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुख लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गरेका हुन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री नियुक्त भएकाहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन, सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सुशीला श्रीपालीले पर्यटन राज्यमन्त्रीको सपथ लिएका छन् । एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका तथा समाज कल्याण, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास मन्त्रीकाे रूपमा सपथ लिएका छन् ।

त्यस्तै राप्रपाबाट धुव्रबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकासमन्त्रीको सपथ लिए । त्यसैगरी दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको सपथ लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको सपथ लिएका थिए । सोही दिन नै उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु