गृहपृष्ठ अजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्झौता

अजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्झौता

अजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्झौता

अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्झौता गरेको छ । मंगलबार अपराह्न प्रभु इन्स्योरेन्ससँगको मर्जर सम्झौता भंग भएपछि अजोड इन्स्योरेन्सले गएराति नै युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको हो ।

प्रभुसँगको मर्जर सम्झौता भंग भएसँगै अजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जरका लागि छलफल भएको थियो । दुई कम्पनीबीच डीडीएको आधारमा स्वाप रेसियो तय हुने गरी मर्जर सम्झौता भएको बुझिएको छ । प्रभु र अजोड इन्स्यारेन्सबीच गत असार ३२ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । मर्जर सम्झौता गरेको करिब ६ महिनामा प्रभु र अजोड इन्स्योरेन्सले सम्झौता भंग गरेका छन् ।

बिमा क्षेत्रमा पूँजीवृद्धिको अभियान चलिरहँदा कम्पनीहरूले मर्जर प्रक्रियालाई प्राथमिकता दिएका छन् । नेपाल बिमा प्राधिकरणको निर्देशनबमोजिम आगामी चैतमा अजोड इन्स्योरेन्सले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्नेछ । हाल अजोड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रहेको छ ।

कम्पनीले यस वर्ष लाभांश प्रस्ताव नगरी पुस ३० गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । हाल एक अर्ब दुई करोड ८१ लाख ६० हजार चुक्तापुँजी रहेको युनाइटेड इन्स्योरेन्सले भने यस वर्ष ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित समय : ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु