गृहपृष्ठ युनाइटेड इन्स्योरेन्सको लाभांश पारित
युनाइटेड इन्स्योरेन्सको लाभांश पारित
युनाइटेड इन्स्योरेन्स (नेपाल) लिमिटेडले लााभांश पारित गरिएको छ ।
बुधबार बसेको कम्पनीको २९ औँ साधारण सभाबाट गत असार मसान्तसम्म कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलब २७ प्रतिशत नगद दिने प्रस्ताव पारित गरिएको हो ।
त्यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय पनि साधारण सभाबाट गरिएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपातअनुसार सञ्चालक समितिको गठन गर्ने निर्णय गरिएको कम्पनीको भनाइ छ ।
प्रकाशित समय : १०:३६ बजे