गृहपृष्ठ मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियुक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउँदै छन् ।

प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथ ग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ । एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसदको समर्थन छ ।

सपथ ग्रहणपछि सानो आकारको मन्त्रिपरिषद गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ । लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउने एमाले र माओवादी केन्द्रबीच समझदारी छ । अघिल्लो मन्त्रिपरिषद १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ ।

यद्यपि ९ सदस्यीयमा झार्ने तयारी गरिएको भए पनि सत्तारुढ सबै दललाई भाग पुर्‍याउनका लागि मन्त्रिपरिषद ११ सदस्यीय बनाउन लागिएको हो । लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी बाहेकका दलहरुको समर्थन गिरीले पाएका छन् ।

प्रकाशित समय : ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु