nmb bank

गृहपृष्ठ दुई दिनअघि हाजिरी गरेर बिदा बसे डाक्टर

दुई दिनअघि हाजिरी गरेर बिदा बसे डाक्टर

दुई दिनअघि हाजिरी गरेर बिदा बसे डाक्टर अस्पताल परिसर

जाजरकोटको बारेकोट गाउँपालिकाको लिम्सास्थित स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत सन्तोष चपाई दुई दिनअघि हाजिरी गरेर बिदामा बसेको खुलासा भएको छ ।

२५ पुसमा लिम्साबाट बिदामा गएका डाक्टर चपाई २६ र २७ गतेका हाजिरसमेत लगाएर गएको पाइएपछि हाजिरी नै काटिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले बताए ।

अनुगमनका क्रममा उक्त कुरा फेला परेको उनले बताए । यस विषयमा जिज्ञासा राख्दा चपाई सम्पर्कमा आउन चाहेनन्र । २७ गते सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु