गृहपृष्ठ प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८१९ रुपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । कम्पनीले गत वर्ष भने ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रकाशित समय : १४:१८ बजे