काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

७ दलको समर्थनसहित शितल निवासमा प्रचण्ड

8.27K
shares

७ दलको समर्थनसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीको समर्थनसहित प्रचण्ड आइतबार अपरान्ह प्रचण्ड राष्ट्रपति निवास शितल निवास पुगेका हुन् ।

साथमा नेकपा एमालेसहित दलका नेताहरू पनि शितल निवास पुगेका छन् । आज बालकोटमा बसेको ७ दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेका थिए। यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन्। सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ।

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ।