global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बढ्यो ओली–प्रचण्ड कानेखुशी !

बढ्यो ओली–प्रचण्ड कानेखुशी !

बढ्यो ओली–प्रचण्ड कानेखुशी !

५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनसँगै अलग भएका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै २ वर्षसम्म राम्रो सम्बन्ध रहेन । संसदमा होस् वा सार्वजनिक मञ्चहरुमा पनि उनीहरु दुवैले एकअर्काको चर्को आलोचना गरे ।

तर प्रतिनिधिसभा निर्वाचनसँगै दुई नेताको सामिप्य बढ्दो छ, जुन दुबैले लुकाएका छैनन् । बिहीबार प्रतिनिधिसभा सदस्यको शपथपछि चियापानका क्रममा पनि दुई नेता एकै ठाउँमा बसे ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बायाँतिर बसे । माओवादी अध्यक्ष प्रचण्डले ओली बसेकै सोफा रोजे ।

ओली कहिले प्रधानमन्त्री देउवासँग गफिए त कहिले प्रचण्डसँग । ओली र प्रचण्डबीच अलि बढी सम्वाद भयो । दुई नेता बेलाबेला मुसुक्क हाँसेको समेत देखिन्थ्यो ।

बुधबार राष्ट्रपति कार्यालयमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर राणाको शपथ पनि यस्तै दृृश्य देखिएको थियो । पूर्व प्रधानमन्त्रीहरुको लहरमा दायाँबाट क्रमशः झलनाथ खनाल, प्रचण्ड र ओली बसे । त्यस क्रममा ओलीले दुबैसँग सम्वाद गरे ।

यस्ता समारोहहरुमा पूर्व प्रधानमन्त्रीहरु एकै ठाउँमा बस्नु र सामान्य सम्वाद हुनु स्वभाविक हो । तर यसलाई अहिलेको राजनीतिक परिस्थितिसँग पनि जोडेर हेर्न सकिने नेताहरु बताउँछन् ।

बिहीबार नै एमालेले विशेष पहल गर्ने निर्णय गरेको सुनाउँदै माओवादीका एक पदाधिकारी भन्छन्, ‘ओलीजीले कांग्रेससँग मिलेर हामीलाई पनि फाइदा छैन, तपाईहरुलाई पनि फाइदा छैन भन्नुभएको छ ।’

एमालेका एक पदाधिकारीका अनुसार पार्टी सचिवालयको बैठकमा अध्यक्ष ओलीले गठबन्धन छाडेर आएर प्रचण्डसँग सहकार्य हुनसक्ने संकेत गरेका थिए ।

प्रकाशित समय : ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु